एकैसाथ ५९ सहसचिवको सरुवा

21

काठमाडौं । सरकारले एकैसाथ विभिन्न ५९ सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवको सरुवा गरेको हो।

प्राप्त जानकारीअनुसार सहसचिवहरू मदन दाहाल, यमुना प्रधान, गोपीकृष्ण कोइराला, महेश भट्टराईलाई अर्थ मन्त्रालय ल्याइएको छ भने अर्थ र अन्तर्गतका टंक पाण्डे, रितेश शाक्य, डुण्डी निरौला, नारायण सापकोटालाई अन्यत्र सरुवा गरिएको छ।

त्यस्तै, कृष्णकुमारी क्षेष्ठ, सुमन दाहाल, चण्डी घिमिरे, यमलाल भुसाल प्रधानमन्त्री कार्यालय भित्रिएका छन् भने त्यहाँका अर्जुन भण्डारी, चक्र बुढा, कमल भट्टराईलाई बाहिर निकालिएको छ।

परराष्ट्र मन्त्रालयको दरबन्दीमा रहेका नारायण भट्ट र नवराज ढुंगानाको पनि सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जनाको सूची पठाएको थियो। यद्यपि, सबैमा निर्णय नभएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी  दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here