काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सो कुराको जानकारी दिनुभयो ।

















