नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर

39

काठमाडाैं । नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर खुलेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सहायक पदमा आवेदन माग गरेको हो ।

राष्ट्र बैंकले सहायक (सूचना प्रविधि) पदमा खुलातर्फ २ जना महिला १, आदिवासी जनजाती १ र पिछडिएको तर्फ १ जना माग गरेको छ ।

सहायक सूना प्रविधि पदमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्ताबाट कम्प्युटर इन्जिनियरिङ/कम्प्युटर साइन्स इन्जिनियरिङ/हार्डवेयर इन्जिनियरिङ/इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड इन्जिनियरिङ विषयमा ३ वर्षे डिप्लोमा उतीर्ण गरेको हुनुपर्नेछ ।

बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न सक्ने छन् ।

विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित  संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), तोकिएका अन्य कागजात पेश गर्नुपर्नेछ ।

आवेदन आगामी भदौ २० सम्म आवेदन दिन सकिने छ । सूचना प्रविधि सहायक पदमा आवेदन दिन एक समूहको लागि ८०० र प्रत्येक थप समूहमा सहभागी हुन् ३०० रूपैयाँ लाग्ने छ ।

null

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here