काठमाडाैं । बागमती प्रदेश सरकारले भदौ ४ गते गाईजात्राका दिन सार्वजनिक बिदा दिने भएकाे छ ।
गत साउन ३२ गते बसेको मन्त्रिपरिषद बैठकले मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीले जानकारी दिइन् ।



















