३ फिट अग्लो स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना

70

काठमाडाैं  ।  कीर्तिपुरका आराध्यदेव  बाघ भैरव मन्दिरमा बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना भएको छ ।

ल्हामो ह्याण्डीक्राफ्टबाट निर्मित उक्त मूर्ति कीर्तिपुरको बाघ भैरव मन्दिरमा स्थापना गरिएको हो ।

शुक्रबार ललितपुरमा भव्य रूपमा  एक कार्यक्रमको आयोजना गरी बाघ भैरव स्वर्ण शक्ति भैरवको उक्त मूर्ति हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मूर्ति बनाउन सहयोग गर्ने कालिगढ र तिनका परिवारका सदस्यलाई समेत सम्मान गरिएको थियो । सो मूर्ति करिब ३ फिट अग्लो उक्त मूर्ति करिब २० जना कालिगढले एक वर्षसम्म मिहिनत गरेर बनाउन सफल भएको हो ।

कीर्तिपुरमा हरेक वर्ष भाद्र १ गतेका दिनमा बाघभैरवको जात्रा गर्ने गरिन्छ । यस वर्ष जात्राको अघिल्लो दिन बाघभैरव स्वर्ण शक्ति भैरवको मूर्ति मन्दिरमा प्रतिस्थापन गरिएको हो ।

कीर्तिपुरको गुँदे दापा खलःका करीब २ सय ५० जनाको समूहले ललितपुरको लुँखुसिबाट बाजागाजासहित मूर्तिलाई खटमा बोकेर ललितपुरको विभिन्न स्थानमा परिक्रमा गराउँदै कीर्तिपुर पुगी बाघभैरव मन्दिरमा स्थापित गरेको हो ।

क्रोधकला शिरोमणि कालु कुमालेका स्वर्गीय छोरा वीरेन्द्रकुमार अवालेको स्मृतिमा ल्हामो ह्याण्डीक्राफ्टबाट सो मूर्ति निर्माण गरिएको हो ।  कीर्तिपुरमा बाघभैरवलाई दुष्ट आत्माहरु र विपत्तिबाट जोगाउने भगवानको रुपमा लिने गरिन्छ । कीर्तिपुरको स्थानीय समाजमा बाघभैरवलाई धुम्बाः आजु वा धुँबहाः आजु भनेर चिनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here