पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।
आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । बस नदी किनारमा कच्याककुचुक भएको देखिन्छ ।
घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
सो बसमा करिब ४० जना यात्रु थिए । दुर्घटनाको कारण खुलेको छैन ।

















