ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै

24

काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् ।

विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् ।

दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ ।

उनी मंगलबार ओमान फर्किने  कार्यक्रम रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here