थारू समुदायले यसरी मनाए रैब पर्व

34

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका आसपास बसोबास गर्ने थारू समुदायले खेतमा धान रोपाइँ सकेर भदौको आइतबार मनाइने रैब पर्व मनाएका छन् ।

सदाझैँ बगाहा, मोतीगडा, देउरी, जोगिदह, खैजनपुर, मोथ्याईसहित  चौदण्डी गढी नगरपालिकाको हडिया, सुन्दरपुर, बेलही क्षेत्रका थारू समुदायले रैब पर्व मनाएका हुन् ।

थारू कल्याणकारी समिति उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीका अनुसार रैब पर्व प्रत्येक वर्षको भदौ महिनाको पहिलो आइतबारदेखि अन्तिम आइतबारसम्ममा थारू समुदाय बसोबास गरेको टोल–टोल मनाइने गरिन्छ ।

यस पर्वमा भदौ महिनाको कुनै एक आइतबार गाउँघरका थारू समुदायले बिहान र बेलुकी नुन नखाने र दही, च्यूरा, जेरी तथा फलफूल खाएर बस्ने प्रचलन रहेको रहेको छ ।

बिहानै खोलामा गएर स्नान गर्ने र सूर्य देवसहित घरको मूलीले घरको कूल पितृको पूजा गर्ने प्रचलन रहेको त्रियुगा नगरपालिका–३ मोतिगडाका दानीप्रसाद चौधरीले बताए ।

चौधरीका अनुसार असार साउन महिनाभर धान रोपाइँलगायतमा किट, पतङ्गजस्ता निर्दोष प्राणी अन्जानमा मर्ने गरेको कारण उनीहरुको आत्माको शान्तिको कामना गर्दै भदौको एक आइतबार बिहान बेलुकी नुन नखाई सूर्य देवको पूजा आराधना गर्ने र कूल देवताको शरण पर्ने पुरानै चलन हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here