कङ्गोमा जेल तोड्ने प्रयासमा १ सय २९ जनाको ज्यान गयाे

41

काठमाडौं । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा १२९ जनाको ज्यान गएकाे आन्तरिक मन्त्रीले जानकारी दिएका छन् ।

यस घटनामा मृत्यु भएकामध्ये २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराए । उनकाअनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् ।

यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको मन्त्रालयले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपुर्ण अवस्था सिर्जना भएको जनाएका छन् । एक इलेक्ट्रिशियन दड्डी सोसोले घटनापछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको जनाएका छन् ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति “नियन्त्रणमा“ रहेको जनाएका छन् भने अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केही उल्लेख गरेका छैनन् । एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here