टोखाबाट जुवातास खेलिरहेको अवस्थामा नाै पक्राउ

44

काठमाडौं । टोखा नगरपालिका-९ दिपज्योतीबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जना पक्राउ गरेको छ ।

मकवानपुर बागमती गाउँपालिका-८ घर भएका २५ वर्षीय राज कुमार लामाको होटल शुभयात्रा गेस्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५ सय रुपैयाँ, ६ बुक तास र १२ थान मोबाइल सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here