प्रहरी अस्पतालका डाक्टर निमित्त आईजीपी

146

काठमाडौं÷ नेपाल सरकार मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकमा डा.दिनेशचन्द्र पोखरेललाई जिम्मेवारी दिएको छ । पोखरेल नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर हुन् । बैठकले प्रहरी नियमावली, २०७१ को नियम ४६ लाई संशोधन गरी डा.पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सोमबारदेखि नै अनिवार्य अवकाश पाएपछि पोखरेललाई निमित्त तोकिएको हो । आइतबारको मन्त्रिपरिषद् बैठकले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरे पनि वरीयता मिचेर गरिएको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । सोही दिन डीआईजी नवराज सिलवालले वरिष्ठताको आधारमा आफू आईजीपी हुनुपर्ने माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले फैसला सुनाएपछि चन्द र सिलवाल मुद्दा पक्ष हुन पुगेका कारण पोखरेललाई निमित्त दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here