रोल्पाबाट माओवादीले संघीयताविरोधी कार्यदिशा लिने

138

काठमाडौं÷ विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन फागुन १ गतेदेखि सुरु भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले खुलामञ्चमा आयोजित जनसभामा महाधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटनअघि माओवादीले काठमाडौंका मुख्य तीन स्थान कालिमाटी, लैनचौर र बबरमहलबाट विशाल जुलुस निकालेको थियो ।
तीनतिरबाट जुलुस सहिदगेटमा मिसिएका थिए । सहिदगेटबाट ¥यालीको नेतृत्व महासचिव चन्दले गरेका थिए । ¥यालीमा सहभागी माओवादी नेता–कार्यकर्ताले ‘जनयुद्ध दिवस भव्य रूपमा मनाऔँ,’ ‘एकीकृत जनक्रान्ति जिन्दावाद’ भन्ने नारा घन्काएका थिए । विप्लव नेतृत्वको माओवादीले यति विशाल जुलुस प्रदर्शन गर्ला भन्ने आँकलन राजधानीवासीहरुले गरेका थिएनन् । यो जुलुस प्रदर्शनले दश वर्षसम्म चलेको सशस्त्र युद्धले तय गरेका एजेण्डाहरु अझै पनि अपूरै रहेको र त्यसलाई प्राप्त गर्न जनता तत्पर छन् भन्ने सन्देश दिएको छ ।
महाधिवेशनको उद्घाटनको मन्तव्यका क्रममा महासचिव विप्लवले अहिलेका सबै समस्याको जड संसदीय व्यवस्था भएकाले नयाँ जनवादी व्यवस्थाका निम्ति क्रान्ति अघि बढाउनुपर्नेमा जोड दिए । अहिलेका सबै विभेद र असमानता संसदीय व्यवस्थाका उपज भएको भन्दै यसलाई ढाल्न क्रान्ति गरेर नयाँ समाजवादी व्यवस्थामा जानुपर्ने विप्लवको जोड थियो । विप्लवले जनयुद्धले उठाएका मुद्दा र सपना पूरा हुन नसकेको भन्दै प्रचण्ड र बाबुराम भट्टराईले जनयुद्ध दिवस मनाउने नैतिक अधिकार गुमाइसकेको दाबी पनि गरे । जनयुद्धका योद्धाहरूको सपना पूरा भएन, बीचैमा ठूलो धोका भयो भन्दै विप्लवले जनयुद्धको नाममा प्रचण्ड र बाबुरामहरूले कमान्डर दाबी गर्ने नैतिक अधिकार गुमाइसकेको हुँदा अब नयाँ ढंगले जनक्रान्तिलाई उठाउनुपर्नेमा जोड दिए ।
प्रचण्डले भारतसँग २५ बुँदे सम्झौता गरेर राष्ट्रघात गरेको आरोप लगाउँदै विप्लवले बिप्पा सम्झौतासँगै सुरु भएको राष्ट्रघातको शृंखला २५ बुँदे सम्झौतासम्म पुग्दा उत्कर्ष रूप लिएको दाबी गरे । उनले प्रचण्डलाई चेतावनी दिँदै भारतसँगको असमान सन्धि–सम्झौता खारेज हुनुपर्छ भन्दै थिए प्रचण्डले तर ती सबै नक्कली कुरा रहेछन्, भारत भ्रमणमा २५ बुँदे सम्झौता गरेर राष्ट्रिय स्वाधीनतालाई दाउमा राखेपछि प्रचण्डको असली नियत प्रष्ट भइसकेको ठोकुवा गरे ।
काठमाडौंमा महाधिवेशनको उद्घाटन सम्पन्न गरेपछि माओवादीले आजदेखि रोल्पामा बन्दसत्र सुरु गर्दै छ । जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा आयोजना हुने बन्दसत्र १० गतेसम्म चल्ने छ । बन्दसत्रका लागि प्रधिनिधिहरु रोल्पातर्फ प्रस्थान गरिसकेका छन् । बन्द सत्रमा आठ सय पचास प्रतिनिधि सहभागी हुने जानकारी माओवादी पार्टी संोतले गराएको छ ।
बन्द सत्रमा आगामी कार्यदिशाबारे व्यापक छलफलवश्चात एकीकृत जनक्रान्तिको कार्यदिशा पारित हुने अनुमान गरिएको छ । आजदेखि सुरु हुने बन्द सत्रमा आजै महासचिव चन्दले एकीकृत जनक्रान्तिको कार्यदिशासहितको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्ने जनाइएको छ ।
जनविद्रोहमार्फत अघि बढ्न खोजेको माओवादीले हिंसात्मक आन्दोलन गर्ने कि नगर्नेलगायतका विषयमा बन्दसत्रमा घनीभूत छलफल हुने पार्टी स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here