विभिन्न धनमाल चोरी

50

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएकी २७ वर्षीया सिमा ढकाल पाठकको कोठाबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान गरी करिब ७ लाख ७६ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ सोमबारेस्थित सिद्धेश्वरी सहकारी संस्था लिमिटेडबाट नगद ५ लाख ४९ हजार ५ सय ४७ रूपैयाँ र सिसि क्यामेराको हार्डडिस्क गएराति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here