नदी किनार बस्तीको बारेमा एमालेका नेताहरूले प्रचण्डसँग गरे छलफल

49

काठमाडाैं । काठमाडाैंका खोला तथा नदी किनारका जमिन र बस्तीको बारेमा नेकपा एमालेका नेताहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

आज प्रचण्डलाई भेटेर नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जारी गरेको परिपत्रको विषयमा छलफल गरेको एमाले नेता राजन भट्टराईले जनाउनुभएको छ ।

सर्वोच्चको आदेशविरुद्ध सरकारले भ्याकेट दर्ता गर्ने तयारी गरेको छ । अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानपर्ने विषयमा सहमति जनाउँदै प्रचण्डले जनसरोकारका विषयमा माओवादीको समर्थन रहने प्रतिबद्धता रहेको जनाउनुभएको एमालेका नेता भट्टराईको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here