काठमाडाैं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ घोषणा गरेको छ ।
यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूका साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो अभियानअनुसार टीसीएलले ग्राहकहरूलाई इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १ लाख ६३ हजार ५०० रूपैयाँसम्मको क्यासब्याक प्रदान गर्नेछ । यो अभियानलाई अझ आकर्षक बनाउन प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी समेत दिएको कम्पनीको भनाइ छ ।

















