केदारनाथ जाने बाटोमा पहिरोले पुरिएर ५ जनाको ज्यान गयाे

32

काठमाडाैं। भारतको उत्तराखण्ड राज्यको पवित्र धार्मिक स्थल केदारनाथ जाने बाटोमा पहिरोले पुरिएर पाँच जनाको ज्यान गएकाे छ ।

सोनप्रयाग र रुद्रप्रयागबिचको बाटोमा पहिरो खस्दा तीर्थयात्रीहरूको एउटा समूह फसेका थिए । घाइते अन्य तीन जनाको उद्धार गरिएको छ ।

पहिरोबाट ढुंगा खस्ने क्रम जारी रहँदा उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ । पहिरोमा अरू तीर्थयात्री पनि पुरिएको हुन सक्ने आशङ्का गरिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाको जानकारी दिँदै यात्रुको सुरक्षाको कामना गरेका छन् । केही यात्रुहरू सोनप्रयाग–मुंकटिया (रुद्रप्रयाग) बिचको बाटोमा पहिरोमा पुरिएको भन्ने अत्यन्तै दुखद खबर प्राप्त भएको भन्दै उनले माइक्रोब्लगिङ वेबसाइट एक्समा पोस्ट गरेका छन् ।

‘स्थानीय प्रशासन, एनडीआरएफ र एसडीआरएफका टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन् । म पनि सम्बन्धित अधिकारीहरूसँग सम्पर्कमा छु र उद्धार कार्यको निगरानी गरिरहेको छु,’ उनले पोष्टमा उल्लेख गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here