सहभागीता नम्बर ३ सुशीला पाैडेल ।

145
गजल १
अचम्मको महामारी आयो विश्वभर
अचम्मकै चर्तीकला देखायो विश्व भर।
चीनको वुहान हुँदै शुरु भएर हेर्नुहोस्
फैलिदैं कस्ताे त्रसित बनायो विश्व भर।

नवशिशु आमालाई नि भेदभाव नगर्ने
कस्तो निर्दयी भाइरस छायो विश्वभर।
न कुनै ओखती पत्ता लाग्यो न कुनै सुई
हुने नहुने सबलाई दुःख गरायो विश्वभर।
दिन रात नभनी रोग नियन्त्रणको लागि
सेवा दिनेहरुले नै ज्यान गुमायाे विश्वभर।।
गजल २

गजल।
टाढा हुँदा तिम्रो भजन गाएकी छु मैले
तिम्रै नामको सिन्दुर सजाएकी छु मैले।।
अडेको छ यो सारा संसार माया प्रेममा,
सँगै मर्ने बाँच्ने कसम खाएकी छु मैले।
कतिपयले हाम्रो प्रेमको कुरा काटछन्,
त्यस्तालाई उतै फिर्ता पठाएकी छु मैले।
धैं तिम्रो खुशी र सुखको कामना गर्दै ,
पूजा गर्न मन्दिर तिर धाएकी छु मैले।
कसम दिलमा बस्ने म नै एक हुँ तिम्रो,
सपनीमा तिम्रो नाम बोलाएकी छु मैले।
सुशीला पौडेल अर्घाखाँची

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here