अज्ञात समूहले सौराहामा हात्तीको सूँड काटिदियाे

60

चितवन । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो ।

सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सूँड काटिएको हो । ‘काटिएको सूँडको भाग जोड्न नमिल्ने अवस्थामा छ’ खतिवडाले भने, ‘यस्तो आपराधिक काम गरेर निर्दोष जनावरलाई दुःख दिने कस्ता मान्छे होलान् ?’

हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने मुख्य भाग नै काटिएको खतिवडाले बताए । हात्ती पीडाले कराएपछि हेर्न जाँदा सूँड काटिएको अवस्थामा भेटिएको उनको भनाइ छ । उनले हात्तीलाई मार्ने उद्देश्य राखेर नै सूँड काटिएको हुनसक्ने बताए ।

हात्तीको सूँड काट्नेको खोजी र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here