बर्दिया । गेरूवा गाउँपालिका-१ बगही बस्ने ४५ वर्षीय गणेश बैद्यको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरको विद्युतीय मोटर जोडेको नलमा नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुर बर्दिया उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















