काठमाडौंमा बिजुलीका तार भूमिगत, प्रधानमन्त्रीद्धारा उद्घाटन गरिने

675

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भुमिगत गर्ने भएको छ ।  उक्त कार्यक्रमको प्रधामन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्ने भएका छन् । पहिलो चरणमा आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीको तार जमिनभित्र (अन्डरग्राउन्ड) गर्ने भएको हो ।

विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देख्नुपर्ने छैन। काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणका लागि बिजुलीको तार भूमिगत गर्न लागिएको हो । प्राधिकरणले बिजुली वितरण भूमिगत गर्न सडक विभागबाट स्वीकृति लिएपछि यो कामको शुरु गर्न लागेको हो । अन्डरग्राउन्डको काम आजैबाट शुरु हुने विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर बिजुली तार जमिनमुनी राखिने भएको छ । यसका लागि सडक यत्रतत्र खन्नुपर्ने छैन ।

तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ । रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनुको क्षेत्र भएकाले पहिलो चरणमा भूमिगत गर्न लागिएको प्राधिकरणले जनाएको छ । विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडिबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुनेछन् । विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न सर्भे भइसकेको छ।

प्राधिकरणले घरैबाट बिजुलीको बिल तिर्न मिल्ने गरी दुई वर्ष्भित्र अन्डरग्राउन्डको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । विद्युत वितरण प्रणालीलाई पहिलोपटक भूमिगत गर्न लागिएको हो । यो सफल भएपछि अन्य सहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने प्राधिकरणको तयारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here