काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज १ र २ गते हुने राष्ट्रिय भेलाका लागि ४ सय पालिकाबाट प्रतिनिधि ल्याउने जनाएको छ ।
‘पालिकाको तर्फबाट प्रतिनिधित्व छनोट भएर आउनुहुन्छ‚’ उनले भने ।
भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदनका साथै सातै प्रदेशका सभापतिहरूले बेग्लाबेग्लै प्रतिवेदन पनि भेलामा पेस गर्ने उनले बताए । उनले राष्ट्रिय भेलामा १५ सय सहभागी हुने जानकारी दिए ।


















