प्रतिनिधिसभाको बैठक प्रधानमन्त्रीले सम्बाेधन गर्ने

21

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आज आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउन लागेका हुन्। ओली संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न आउँदो असोज ४ गते अमेरिका जाँदैछन्।

राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री अमेरिकाको न्यूयोर्क जाने भएका हुन्।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ।

नेपालले राष्ट्रसंघको वडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अंक मान्दै आएको छ। विश्व शान्तिका लागि नेपालले राष्ट्रसंघको छातामुनी रही महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here