साफ यु-१७ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हरायाे

32

काठमाडौं। सुजन डंगोलको ह्याट्रिकप्रेरित नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित दर्ज गरेको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको हो। समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा  पाकिस्तानसँग १-० ले पराजित भएको थियो। यो जितसँथै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बढाएको छ।

दुवै खेलमा पराजित श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ। श्रीलंका पहिलो खेलमा घरेलु टोलीसँग ५-१ ले पराजित भएको थियो।

एकराज बिकको क्रसलाई हेडमार्फत गोल गर्दै सुजनले नवौं मिनेटमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि सुजनले नै टोलीको अग्रता दोब्बर बनाए। यसपल्ट भने कप्तान सुवास बमले उनलाई सहज बनाइदिए।

कृष्णबहादुर आलेको थ्रु पासलाई नियन्त्रणमा लिँदै सुजनले ३०औं मिनेटमा ह्याट्रिक पूरा गरे । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा विज्ञान खड्काले गोल गर्दै नेपाललाई ४-० को सहज जित दिलाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here