भरुवा बन्दुक प्रहार गरी एक जना घाईते

39

बाजुरा । बाजुरामा भरुवा बन्दुक प्रहार गरी एक जना घाईते भएका छन् । घाइते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ रिउडा बस्ने बर्ष ५४ का बिर बहादुर शाही रहेका छन् ।

असोज ५ गते राती १० बजे तिर स्वामिकार्तिक खापर गाउँपालिकाका ३ रिउडाका अन्दाजी २७ बर्षिया प्रबेश शाहीले अन्दाजी सोही ठाउँका ४० बर्षका धिरेन्द्र शाहीलाई बन्दुक प्रहार गर्न खोज्दा बिर बहादुर शाहीलाई गोली लागि घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रबेशले आफूलाई बन्दुकको गोली हान्न खोज्दा धिरेन्द्र शाहीले बन्दुकको नाल समाती साइट लगाउँन खोज्दा प्रबेश शाहीले बन्दुक पड्काएपछि बिर बहादुरको निधारमा चोट लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराले बताएका छन् ।

बन्दुक पड्काउने प्रबेश शाहीलाई प्रहरी चौकी स्वामिकार्तिक र इलाका प्रहरी कार्यालय कोल्टीबाट गएको टोलीले असोज ६ गते भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनलाई बाजुरा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ३ दिन म्याद थप गरि अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।

घाईते बिरबहादुरको कोल्टी आधारभुत अस्पतालमा सामान्य उपचार पछि घर फर्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here