न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा.मोहम्मद युनुसबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने सिलसिलमा यहाँ रहेका प्रधानमन्त्री ओली र सन् २००६ मा नोबेल शान्ति पुरस्कार विजेतासमेत रहेका बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. युनुसबीच भेटवार्ता भएको हो।
त्यस अवसरमा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए।
गरिबी उन्मूलनका लागि गरेको विशेष प्रयासका लागि नोबेल पुरस्कार पाएका युनुस बंगलादेशका सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र सामाजिक नेता हुन्। उनले सन् १९८३ मा बंगलादेशमा ग्रामीण बैंक स्थापना गरेका थिए।


















