काठमाडौं । कास्की, मादी गाउँपालिका-१० भाचोक बस्ने २१ वर्षीय अजय गौतमको करेन्ट
लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । पोखरा महानगरपालिका-३१ बेगनासस्थित
विजुलीको पोलमा इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको
संक्रमण तथा सरूवा रोग अस्पताल मोहोरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्सा, सखुवा प्रसौनी गाउँपालिका-१ सखुवनिया टोल बस्ने ५६ वर्षीय विश्वनाथ
महतो थारूको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । आफ्नै गोठमा बिजुलीको तार
जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको
क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















