आन्तरिक विमान कम्पनीले भाडामा उच्च दर लिन थाले

39

काठमाडौं । बाढीपहिरोले प्रमुख राजमार्ग बन्द भएपछि हवाई भाडा अकासिएको छ । अधिकांश आन्तरिक विमान कम्पनीले भाडामा उच्च दर लिन थालेका छन् ।

यात्रु न्यून रहेका बेला यसअघि विमान कम्पनीहरूले कम भाडामा उडाएका थिए । हाल अधिकतम भाडा असुल्न थालेका हुन् ।

मुख्य विमान कम्पनीहरू बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले भाडादर ह्वात्तै बढाएका छन् ।

यात्रुको चाप धेरै भएपछि सोहीअनुसार मूल्य उच्च भएको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण बताउँछन् । “दुई दिन उडान हुन सकेन, त्यसकारण यात्रुको चाप उच्च छ । सुरुमा प्लेन टिकट काट्नेहरूले सस्तो भाडा पाउनुभयो । पछि काट्नेले बढी मूल्य पर्ने भयो,” उनले भने, “हामीले सरकारले दिएको भाडादरभन्दा माथि लिएका छैनौँ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले यात्रु चापका कारण कम्पनीहरूले अधिकतम मूल्य लिएको बताए । “यात्रुको चाप बढेसँगै उनीहरूले क्यानले तोकेको अधिकतम मूल्य लिएका छन्,” उनले भने, “हामी कसरी सहुलियत मूल्यमा यात्रुलाई उडाउन सकिन्छ भनेर बैठक बसिरहेका छौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here