कांग्रेसको १ सय दिने अभियान स्थगन

41

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले संगठनको सय दिने अभियान स्थगन गरेको छ। आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै अभियान स्थगन गरेको हो।

बैठक पश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगन गरिएको जनाए। उनले सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार र राहत कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए।

साथै उनले कोजाग्रत पूर्णिमामा कांग्रसले गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here