काठमाडाैं । ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज १७ गते ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्तीसपुतलीमा हुने जनाइएको छ ।
नेपालमा स्मार्टवाचहरूको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेर गर्न लागिएको मेलामा सहभागीहरूले पुराना स्मार्टवाचहरू नयाँ मोडेलहरूसँग साट्न सक्नेछन् । साथै नयाँ खरिदमा पनि विशेष छुटहरू र रोमाञ्चक खेलहरूमा भाग लिई उपहार जित्ने अवसर प्रदान गरिने आयोजककाे भनाइ छ ।
१० हजारभन्दा बढी आगन्तुकहरू र ५ लाखभन्दा धेरै डिजिटल पहुँच हुने मेलामा धेरै लोकप्रिय स्मार्टवाच ब्रान्डहरूको सहभागिता रहने उनको भनाइ छ । सहभागीहरूले विभिन्न ब्राण्डहरुमा विशेष अफरहरू, उपहारहरू र अन्तरक्रियात्मक गतिविधिहरूको मज्जा लिन सक्नेछन् । जसले गर्दा प्रविधिप्रेमीहरूका लागि आफ्ना स्मार्टवाचहरु अपडेट गर्ने र स्मार्टवाच उद्योगका नयाँ प्रयोगहरु अवलोकन गर्ने अवसर हुने प्रसाईले जनाए।


















