पूर्णिमासम्म दालत बिदा रहने

43

काठमाडौं । बिहीबारदेखि देश भरका अदालतमा बिदा हुने भएको छ।

घटस्थापनासँगै बिहीबारदेखि अदालतहरुमा नियमित का नहुने भएको हो। अघिल्ला वर्षहरुमा जस्तै १५ दिन अदालत बन्द रहने भएको हो।

तर यसबीचमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई गर्न विहान ११ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने सर्वोच्चले जनाएको छ।

सर्वोच्चले जारी गरिएको सूचनामा भनिएको छ, ‘वडा दशै, २०८१ को उपलक्ष्यमा २०८१ असोज १७ गते घटस्थापनाका दिनदेखि ऐ.३० गते कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजया दशमीका दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न विहान ११ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

त्यस्तै काठमाडौं जिल्ला अदालतले पनि शनिबारबाहेक अरु दिनमा बन्दीप्रत्यक्षीकरण र पक्राउ पुर्जीमा अनुमतिका लागि खुला रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here