राष्ट्रिय महिला फुटबल टोलीमा २७ जनाकाे छनाैट सम्पन्न

37

काठमाडौं । यसै वर्ष घरेलु मैदान मै हुन गईरहेको प्रतिष्ठित साफ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक छनाैट सम्पन्न भएकाे छ । जस अन्तर्गत  २७ खेलाडी संख्या मात्रै अटाएका छन् ।

यस भन्दा पहिला प्रारम्भिक टोलीमा ४० जना खेलाडीहरु समावेश गरिए तापनि आइतबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीहरुलाई बाहिर निकाल्दै स्कवाडलाई २७ खेलाडीहरुमा झारेका हुन् ।

स्मरण रहोस, यही अक्टुबर १७ देखि ३० तारीखसम्म नेपाल मै आयोजना हुन गईरहेको साफ महिला च्याम्पियनसिपका लागि हाल बन्द प्रशिक्षणमा व्यस्त छ ।

२७ सदस्यीयमा यस्ताे छ

गोलकिपरमा अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सुशिला चौधरी रहेका छन् भने डिफेन्डहरूमा गीता राना, अमृता जैशी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, बिमला बिक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, सजनी थोकर तथा  मिडफिल्डहरूमा रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, बिमला चौधरी, सरस्वती हमाल रहेका छन् यसका अलवारा  फरवार्डहरूमा रश्मी कुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, रेखा पौडेल, साबित्रा भण्डारी अटाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here