काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सितापाइला सोल्टी दोबाटो चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको पनौती बस्ने ३० वर्षीय नवीन परियार छन् ।सोल्टी दोबाटो चोकमा बागमती प्रदेश–०१–००२ ज ६७७० नम्बरको इभी गाडीले बा ४४ प ५९०१ नम्बरकोमोटर साइकललाई आइतबार राति ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक परियारलाई स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएको थियो ।उपचारकै क्रममा उनको मृत्यु भएको हो। प्रहरीले इभी गाडीका चालकलाई नियन्त्रणमा लिएको छ ।
















