रेखा पौडेलकाे अबुधाबी कन्ट्री क्लबले खेल पहिलाे जित्याे

25

काठमाडौं। नेपाली टोलीकी स्ट्राइकर रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूहचरणको पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ।

हान्कोउ क्लचर सेन्टरमा बिहीबार भएको खेलमा अबुधाबीले उहान जियाङ्दालाई २–१ ले पराजित गरेको हो। रेखालाई भने टिम बाहिर राखिएको थियो। अबुधाबीलाई च्याम्पियन्स लिगमा पुर्‍याउन उनले दुई गोल गरेकी थिइन्।

जितसँगै समूह ‘ए’ मा रहेको आबुधाबीले तीन अंक जोडेको छ। उहानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। खेलको चौथो मिनेटमै कबान्गे मुपोपोले घरेलु टोली उहानलाई सुरुआती अग्रता दिलाएकी थिइन्।

तर, सो अग्रता उहाले अन्तिमसम्म कायम राख्न सकेन। ९०औं मिनेटमा डिफेन्डर फातिमा जस्सेम खामिस मोहम्मेद अल– होसानीले आबुधाबीलाई खेलमा फर्काइन्। इन्जुरी समयको तेस्रो मिनेटमा नाइमा इब्राहिमले गोल गर्दै आबुधाबीको तीन अंक सुरक्षित गरिन्।

उनी साल्हा अल–जाबीको स्थानमा ७५औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेकी थिइन्। जाबी र नाइमा दुवै डिफेन्डर हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here