विजयादशमीले सबैमा शान्ति, प्रेम र करुणाको विकास गर्ने अपेक्षा

28

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले धर्म र न्यायको प्रतिष्ठा गर्ने विजयादशमीले सबैमा शान्ति, प्रेम र करुणाको विकास गर्ने अपेक्षा गर्नुभएको छ ।

मुख्यमन्त्री सिंहले  शनिबार नवरात्राको अन्तिम दिन अर्थात् विजयादशमीको सबैमा शुभकामना दिनुहुँदै विराट उर्जाले समाजमा विभिन्न रुपमा विद्यमान नकारात्मक अनुचित निषेधको भाव अन्त्य गर्ने एवं सकारात्मक परिवर्तनको दिशामा अग्रसर गराउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँको शुभकामना सन्देशमा भनिएको छ, “नवरात्राको अन्तिम दिन अर्थात् विजयादशमी आध्यात्मिक चैतन्यको गतिशीलता  तिनको एकता तथा समसत्तालाई निरन्तरता दिने अवसर हो, न्यायिक कर्तव्यमा आधारित सत्ता, निष्ठा एवं  उद्देश्य नित्य र शाश्वत रहेको सन्देश प्रवाहित हुने  विजयादमीको पावन अवसरमा दाजुभाइ तथा दिदीबहिनी सबैमा शुभकामना व्यक्त गर्दछु ।”

साथै उहाँले सनातन धर्म र संस्कृतिको विशिष्ठता, विशालता र विविधताबिच तान्त्रिक र वैदिक दुवै विधिबाट मनाइने नवरात्रको धार्मिक यात्राले हामीलाई पूजा र ब्रतसँगै आत्मनिरीक्षण, साधना र गहिरो ध्यानको अनुभूति गराउने अपेक्षा समेत गर्नुभएको छ । माता दुर्गाको कृपाले सबैमा सकारात्मक शक्ति र सफलता प्रदान गरोस् भन्ने कामना समेत उहाँले गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here