राष्ट्रपति पौडेलले शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिए

26

काठमाडौं । विजया दशमीका उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

राष्ट्रपति पौडेलले ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ ।

यसअघि राष्ट्रपति पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गरेका थिए ।

सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए ।

पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यस वर्षको विजया दशमीको टीका र जमरा लगाइदिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here