पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेन

57
wf}nflul/ lxdfnsf] k]mGrkf; SofDk DofUbL, #! j}zfv M DofUbLdf /x]sf] wjnflul/ lxdfnsf] k]|mGrkf; SofDkdf cf/f]xLx?sf] cfjf;sf nflu agfOPsf] 6]G6x? . ;+;f/sf] ;ftf}F * xhf/ !^& ld6/ cUnf] wjnflul/ lxdfn cf/f]x0fsf nflu of] ofddf #% hgfn] cg'dlt lnPsf 5g . wjnflul/ ufpFkflnsf– $ df kg]{ of] lxdfnsf] cfwf/ lzlj/df k'u]sf cf/f]xLx? cg's'n df};dsf] kvf{Odf 5g . tl:a/ M ;Gtf]if uf}td÷/f;;

सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच  पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ। प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जनाए।

“हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,” उनले भने “मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट ल्याउने प्रयास सफल भएको छैन्।”

बुधबार, बिहिबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो। शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन्। सम्बद्ध ट्रेकीङ कम्पनीले अनुकुुल मौसम भएमा सोमबार शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ श्रेष्ठले जनाए।

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनिहरु सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन भएका थिए। प्रहरीका अनुसार रुसी नागरिक  अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here