पत्रकारमाथि आक्रमण गरि क्यामरा ताेेडफाेड गर्नेमाथि कडा कारवाही गर्न प्रेस सेन्टरकाे माग

39

काठमाडाैं । प्रेस सेन्टर नेपालले उदयपुरका पत्रकारमाथि आक्रमण गरि क्यामरा ताेेडफाेड गर्नेमाथि कडा कारवाहीकाे माग गरेको छ ।

उदयुरमा असाेज २३ गते बुधबार राैता स्प्रिङ वाटर प्रा.लि.द्वारा उत्पादित खानेपानीकाे सिलप्याक जारभित्र कुखुराकाे प्वाँख फेला परेकाे उपभोक्ता सुचनापछि प्रमाण सहित साे विषयमा रिपाेर्टिङमा गएकाे प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भाेटराज राईद्वारा सञ्चालित पूर्णपुष्टि मिडियाकाे क्यामेरा खाेसेर राैता स्प्रिङ वाटर प्रा.लि. माेतिगडा गाईघाटका सञ्चालक पर्शुराम चाैधरीसहितले क्यामरा ताेडफाेड गरेकाे र पत्रकारमाथि हातपात र माेवाईल कब्जा गरेको घटनाप्रति खेद प्रकट गर्दै प्रेस सेन्टर नेपाल केन्द्रीय महासचिव सन्ताेष पाैडेलले प्रेस विज्ञप्तिमार्फत आक्रमणकारीमाथी कडा कारवाहीकाे माग गर्नुभएको हाे ।

विज्ञप्तिमा  घटनाले निर्वाध रूपमा समाचार संकलन गरि तथ्य सत्य जनतासामु ल्याउने पत्रकार र संचारजगतकाे अधिकारमाथी धावा बाेल्ने काम गरेकाे मात्रै छैन स्वतन्त्र प्रेस र पुर्ण स्वतन्त्रता एवम् मानवअधिकारकाे समेत वर्खिलाप भएको उल्लेख गरिएको छ ।

त्यसैगरी विज्ञप्तिमा जनस्वास्थ्यमा खेलबाड गर्ने राैता स्प्रिङ वाटर प्रा.लि.माथि उचित छानविन गरि कडा कारवाही गर्नकाे लागि जाेडदार माग गर्दछौं । साथै पत्रकारलाई निर्वाध रूपमा काम गर्ने वातावरण निर्माणकाे लागि प्रशासन तथा सराेकारवाला सबै पक्षसँग अपील गरिएको छ ।

हेर्नुस् विज्ञप्तिकाे पूरा पाठ-

मिति : २०८१/६/२३
प्रेस विज्ञप्ति

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भाेटराज राईद्वारा सञ्चालित पूर्णपुष्टि मिडियाकाे क्यामेरा खाेसेर राैता स्प्रिङ वाटर प्रा.लि. माेतिगडा गाईघाटका सञ्चालक पर्शुराम चाैधरीसहितले क्यामरा ताेडफाेड गरेकाे र पत्रकारमाथि हातपात र माेवाईल कब्जा गरेको घटनाप्रति प्रेस सेन्टर नेपाल केन्द्रीय समितिकाे गम्भीर ध्यानाकर्षण भएको छ ।

आज २०८१ असाेज २३ गते बुधबार राैता स्प्रिङ वाटर प्रा.लि.द्वारा उत्पादित खानेपानीकाे सिलप्याक जारभित्र कुखुराकाे प्वाँख फेला परेकाे उपभोक्ता सुचनापछि प्रमाण सहित साे विषयमा रिपाेर्टिङमा गएकाे पूर्णपुष्टि मिडियाका पत्रकारद्वय विक्रम राई र सुनिल राईमाथी उक्त राैता स्प्रिङ वाटर प्रा.लि. माेतिगडा गाईघाटका सञ्चालक पर्शुराम चाैधरीसहितले आक्रमण गरेको तथा भिडियो क्यामरा कब्जा गरि भुईँमा बजारेर ताेडफाेड गरि ध्वस्त पारेकाे जानकारी केन्द्रीय सदस्य भाेटराज राईले दिनुभएको छ ।

रिपोर्टिङमा गएका पत्रकारले सिल प्याक जारमा कुखुराको प्वाँख भेटिएकाेले यस विषयमा पानी उत्पादक कम्पनीको भिडियो फुटेज र प्रतिक्रिया आवश्यक भएकोले खिच्न आएकाे भन्दा उनीहरूले आक्रमण गरेकाे घटना सिंगाे मिडियन जगतमाथी भएकाे आक्रमण र अपमान भएको हाम्राे ठहर छ । याे घटनाले निर्वाध रूपमा समाचार संकलन गरि तथ्य सत्य जनतासामु ल्याउने पत्रकार र संचारजगतकाे अधिकारमाथी धावा बाेल्ने काम गरेकाे मात्रै छैन स्वतन्त्र प्रेस र पुर्ण स्वतन्त्रता एवम् मानवअधिकारकाे समेत वर्खिलाप भएको छ ।

प्रेस सेन्टर नेपाल पत्रकार एवम् प्रेस सेन्टर नेपाल उदयपुरका सदस्य विक्रम राई र सुनिल राईमाथी आक्रमण र क्यामरा ताेडफाेडकाे घटनाप्रति खेद प्रकट गर्दै आक्रमणकारीहरूमाथी कानुनबमोजिम कडा कारवाही र जनस्वास्थ्यमा खेलबाड गर्ने राैता स्प्रिङ वाटर प्रा.लि.माथि उचित छानविन गरि कडा कारवाही गर्नकाे लागि जाेडदार माग गर्दछौं । साथै पत्रकारलाई निर्वाध रूपमा काम गर्ने वातावरण निर्माणकाे लागि प्रशासन तथा सराेकारवाला सबै पक्षसँग अपील पनि गर्दछाैं ।

सन्ताेष पाैडेल
महासचिव
प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here