प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी

26

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ । मङ्गलवारसम्म उजुरी दिने समय रहेकोमा एउटा इमेलबाट र एउटा लिखित रूपमा उजुरी परेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछानेले रातोपाटीलाई जानकारी दिइन् ।

अर्का प्रस्तावित न्यायाधीश  नित्यानन्द पाण्डेविरुद्ध भने उजुरी नपरेको उनले बताइन् ।  गत असोज १५ गते सुनुवाइ समितिले सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरू निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।  दसैँ मानेर सांसदहरू काठमाडौँ आइसकेपछि बैठक राखेर उनीहरूमाथि संसदीय सुनुवाइ गर्ने तयारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here