काठमाडौं । चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आएका छन्।
शनिबार मध्याह्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदूतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए।
घांग हाल छिन्घाईको कम्युनिष्ट पार्टी सचिवको रूपमा कार्यरत छन्।
यसअघि उनले अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनको कम्युनिष्ट पार्टीको सचिवको रूपमा काम गरेका थिए। नेपाल भ्रमणका क्रममा उनले राजनीतिक व्यक्तित्वहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ।


















