राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

35

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले उनलाई अन्तरिम प्रशिक्षक बनाउँदा चेतन घिमिरे सहायक प्रशिक्षकमा नियुक्त भएका छन्।

न्यौपानले अर्को महिना हुने मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय टोली हेर्ने छन्। हाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रिक्त रहेकाले न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो।

औपचारिक प्रतियोगितामा राष्ट्रिय टोलीको प्रशिक्षक प्रो–लाइसेन्स प्राप्तले मात्र सम्हाल्न पाउँछन्। एन्फाले गत वर्ष न्यौपाने एन्फा हेड अफ एकेडेमी नियुक्त गरेको थियो।

त्यस्तै, गोलकिपिङ प्रशिक्षकमा नवीन महर्जनलाई नियुक्त गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमवार एन्फा महासचिव किरण राईले न्यौपानेसहिय तीनै जनालाई नियुक्तिपत्र हस्तान्तरण गरेको हो। नेपालले नोभेम्बरमा ताजिकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यतालिका रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here