कानुनभन्दा माथि कोही नहुने : सांसद सरिता प्रसाईं

34
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक काठमाडौँ, १२ कात्तिकः प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले कानुनभन्दा माथि कोही नहुने जनाएकी छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सो कुरा जनाएकी हुन् ।

उनले भनिन्, “कानुन त सबैलाई लाग्नुपर्‍यो नि । सरकारले रवि लामिछानेलाई भ्रष्टाचारी भनेको छैन । कानुनभन्दा माथि कोही छैन, पर्खनुपर्छ ।”

त्यस्तै, नेपाली कांग्रेसकै सांसद हृदयराम थानीले विभिन्न समयमा उठेको भ्रष्टाचारका काण्डहरूको अवस्थाका बारेमा प्रश्न गरेका छन् । उनले भने, “भ्रष्टाचारका काण्ड उठेको छ । गिरिबन्धु कहाँ पुगेको छ ? क्यानटोन्मेट कहाँ पुगेको छ ? यति, ओम्नी कहाँ पुग्यो ?”

उनले अवस्था बदल्न नसकिएको विषयमा चासो व्यक्त गरे । उनले भने, “व्यवस्था बदल्यौँ, अवस्था बदल्न सकेका छैनौँ । जनता निराश छन् । चिनजान छैन भने कागज सर्दैन । फाइल सर्दैसदैन । सांसदको अवस्था यो छ, जनताको के होला ?”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here