कार दुर्घटना हुँदा एक जनाको मृत्यु

23

अर्घाखाँची। अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको  कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कार दुर्घटना हुदाँ मालारानी गाउँपालिका वडा नम्बर ७ टिमुरे बस्ने २६ वर्षका नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिनुभयो।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कार सडकबाट करिब आठ सय मिटर तल खस्दा क्षतविक्षत भएको छ। यसअघि कारमा दुई जना सवार भनिएको भए पनि अहिलेसम्म एक जनाको मात्र शव भेटिएको प्रहरीले जनाएको छ।

अर्को व्यक्ति रहेको कुनै प्रमाण नभेटिएकाले कारमा एकजना मात्र सवार भएको अनुमान प्रहरीले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here