एआई सम्मेलन सुरु

29

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलन सुरु भएको छ।

आजदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिएका हुन्।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। अध्यक्ष थबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताए। उनले सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने सङ्घका महासचिव सुमन पुरीले जानकारी दिए। उनका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरुलेसमेत सहभागिता जनाउने छन्। युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here