‘द हङकङ सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

31

काठमाडौं । ‘द हङकङ सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ।

समूहचरणमा अस्ट्रेलिया र इंग्ल्यान्डलाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको हो।

नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाउनुबाहेक अन्यले खासै योगदान दिन सकेनन्। सन्दीप जोरा डक आउट भएपछि नेपालको ब्याटिङ लाइन कमजोर देखिएको थियो।

टस हार्दै ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १२३ रन बनाएको थियो। नेपालका लागि प्रतिस जिसी र नारायण जोशीले एक/एक विकेट लिए।

१२४ रनको लक्ष्य पछ्याएको नेपाल अलआउट हुँदै पराजित भएको हो। यो प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here