कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङको निर्माण कम्पनी कालोसूचीमा

25

काठमाडौं ।नेपाली कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङको निर्माण कम्पनी कालोसूचीमा परेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङ सञ्चालक रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिलाई कालोसूचीमा राखेको हो।

गोरखापत्रमा आज प्रकाशित सूचनामा उक्त कम्पनीलाई सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, तुम्लिङटारको सिफारिसमा कालोसूचीमा राखिएको उल्लेख छ।

कोशी राजमार्ग विस्तार तथा मर्मतको ठेक्का लिएका तामाङले बारम्बार म्याद थप र तोकता गर्दा पनि वास्ता नगरेपछि सडक डिभिजनले ठेक्का तोडेको छ।

अब उनको कम्पनीले २ वर्ष ६ महिनासम्म सरकारका कुनै पनि सार्वजनिक खरिद तथा निर्माण कार्यमा सहभागी हुन पाउने छैन।

तामाङ रामेछापका सांसद हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here