शिक्षकलाई देउसीभैलो खेलेर तलब जुटाए

33

बाजुरा । बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलब दिन देउसीभैलो खेलेर रकम जुटाएको छ।

विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसीभैलोबाट एक लाख संकलन गरिएको पञ्चलक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बोगटीले जानकारी दिए। उक्त रकम विद्यालयको खातामा दाखिला गरिएको छ।

विद्यालयका अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकले हरेक वर्ष देउसीभैलो र प्रत्येक घरमा मासिक रुपमा सहयोग मागेर निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here