भक्तपुरमा ९४ वर्षीय वृद्धा मृत अवस्थामा फेला

54
काठमाडौं । भक्तपुरमा एक वृद्धा हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी परिसर, भरतपुरका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका-३, दरबारस्क्वायर इछुगल्लीकी ९४ वर्षीय विष्णुकुमारी त्वयना छिन् ।

त्वयनाको शव बुधबार साँझ ५ बजेको समयमा आफ्नै घरमा फेला परेको परिसरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । उनको शव आफू सुत्ने कोठामा कपडाले दुबै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा मृत्त फेला परेको उनले जनाए ।

शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको नेउपानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here