काठमाडौं । सप्तरी, सप्तकोशी नगरपालिका-११ भगनि बस्ने फुलेस्वर माझीको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा फुलेस्वर माझी र उनकै घरसगै जोडिएको उनकै भाइ बिन्देस्वर माझीको घरमा समेत आगलागी हुँदा दुवै जनाको गरी करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुर, बेलका नगरपालिका-२ कंचनजंघा टोल बस्ने हर्क बहादुर बस्नेतको घर नजिकै रहेको परालको कुन्युमा बिहीबार बेलुकी आगलागी हुँदा पराल, गाई गुवाली तथा गुवालीमा राखेको ४० मन मकै गरी करिब १ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-२१ स्थित जयमति देवी कुशवाहाको कागजको प्लेट बनाउने जेके प्रोडक्सन हाउसको कोठामा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा मेसिन २ थान, प्लेट बनाउने पेपर रोल र उक्त हाउस सगै रहेको गोठमा समेत आगलागी भई करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















