‘दि हिन्दू’मा प्रचण्डको अभिव्यक्तिप्रति एमालेले जनायाे आपत्ति

44

काठमाडौं । दक्षिण भारतबाट सञ्चालित अंग्रेजी भाषाको अखबार ‘दि हिन्दू’मा प्रचण्डको बिहीबार आएको अन्तर्वार्तामा बोलेका केही मुद्दामा नेकपा एमालेले औपचारिक आपत्ति जनाएको छ।

एमाले विदेश विभाग प्रमुख तथा सचिव रघुवीर महासेठले प्रेस वक्तव्य जारी गर्दै आपत्ति जनाएका छन्। वक्तव्यमा प्रचण्डले प्रयोग गरेका ‘चिनियाँ कार्ड’ र ‘अपरिपक्वताको प्रमाण’ आदि भनेकोमा एमालेले आपत्ति जनाउँदै अंग्रेजीमै वक्तव्य निकालेको छ।

अन्तर्वार्तामा प्रचण्डले ओलीको भारतभन्दा पहिले चीन भ्रमण हुनुमा चिनियाँ कार्ड भन्दै उनले भारतसँग नेपालको इतिहास, संस्कृति र भूगोलको निकटता भएकोले पहिलो दुईपक्षीय विदेश भ्रमण भारत नै हुनुपर्ने तर्क गरेका थिए।

यसमा एमालेले कडा आलोचना गर्दै भनेको छ, ‘प्रचण्डको अभिव्यक्तिले नेपालले नेपालको विकास र समृद्धिका अंग रहेका दुई छिमेकी भारत र चीनसँग राख्दै आएको कोमल सन्तुलनलाई नजरअन्दाज गरेको छ।’

प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व तथा राजनेताको रुपमा नेपालको सार्वभौमसत्तालाई ख्यालमा राखेर काम गरेको वक्तव्यमा भनिएको छ। कान्तिपुर कन्क्लेभमा प्रधानमन्त्री ओलीले भारतभन्दा चीन पहिलो भ्रमणमा जाने हो भन्ने सवालमा नेपाल जस्तो सार्वभौम देशको प्रधानमन्त्रीले जता सहज हुन्छ उतै जाने प्रतिक्रिया दिइसकेका छन्।

uml-prachanda-press-release-1731764276.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here