काठमाडौं । साउदी अरेबियाले तीन दशकयताकै सबैभन्दा उच्च संख्यामा मृत्युदण्डको सजाय दिएको छ । गत सेप्टेम्बरमा साउदीले तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्ड दिएको थियो ।
साउदीमा सन् १९९५ मा १९२ जनालाई मृत्युदण्ड दिइएको थियो । यो वर्ष उक्त संख्या २५० भन्दा माथि पुगिसकेको छ । एएफपीका अनुसार हालसम्म २७४ जनालाई मृत्युदण्ड दिइएको छ ।
यसअघि सेप्टेम्बरमा एम्नेस्टी इन्टरनेशनलले साउदी अरबमा मृत्युदण्डको सजाय बढेकोमा चिन्ता व्यक्त गरेको थियो । यो सन् २०२३ र २०२२ को तथ्यांकभन्दा झण्डै तीन गुणा बढी हो । २०२२ र २०२३ मा समान ३४ जना विदेशीलाई मात्र मृत्युदण्ड दिइएको थियो ।
मानवअधिकार संगठनहरूले साउदी अरेबियामा दिइँदै आएको मृत्युदण्ड सजायको कडा आलोचना गर्दै आएका छन्। बीबीबाट















